सोमालियामा कार बम बिस्फोट, दजनौँको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सोमालियामा कार बम बिस्फोट, दजनौँको मृत्यु


१३ पुस २०७६, आइतबार


काठमाडौं । सोमालियाको राजधानी मागादिसुमा कार बम बिस्फोट हुँदा दजनौँको ज्यान गएको छ । शनिबार बिहान राजधानी मागादिसुसूथत व्यस्त सडकमा रहेको चेकपोष्टमा बम विस्फोटमा परि ७६ जनाको मृत्यु भएको जनाइएको छ ।

बम बिस्फोटको जिम्मा हालसम्म कुनै पनि समूहले नलिएको बताइएको छ । राजधानीस्थित मदिना अस्पतालका डा.माहम्म्द युसुफले साझसम्म ७३ शव बुझोको एक समाचार संस्थालाई बताएको बीबीसीमा उल्लेख छ ।

प्रत्यक्षदर्शीहरुकाअनुसार घटनास्थलमा रक्तपात भएको छ र मृतकको संख्या पनि बढ्नसक्ने छ ।

सोमालियामा अल कायदासँग सम्बन्धित अल शबाबले १० वर्षदेखि विद्रोह गरेका छन् ।

सामालियाका एक सांसदले भने मृत्यु हुनेको संख्या ९० पुगेको बीबीसीलार्य बताए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस