सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ


४ पुस २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्य‌‌क्ष गोपाल डिस्वा मगर पक्राउ परेका छन् ।

सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीले दिएको २ लाख रुपैयाँको रसिद माग गर्दा नदिएपछि वडाध्यक्ष मगरविरुद्ध परेको उजुरीको आधारमा उनीसहित लेखनदास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

वडाध्यक्ष डिस्वा मगरलाई रामग्राम नगरपालिका-१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस