नव नाथ चौरासी सिद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नव नाथ चौरासी सिद्ध


२८ मंसिर २०७६, शनिबार


नाथ सम्प्रदायमा नव नाथ चौरासी सिद्धको निकै महत्त्व रहेको छ । नाथ सम्प्रदायमा समेत नाथ, नव नाथ र चौरासी सिद्धको बारेमा कमैले मात्र सुनेको र बुझेको पाइन्छ । यसकारण नाथ, नव नाथ र चौरासी सिद्धको बारेमा सबै नाथ सम्प्रदाय र यस विषयमा जिज्ञासुहरूको लागि समेत यस आलेखमा नाथ, नव नाथ र चौरासी सिद्धहरूको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

(१)नाथ:
भगवान् शिवले योग वलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्त्वलाई लोककल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान्, क्षमतावान्, बलवान हुँदै शक्ति पुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरुपकालागि नाथ परम्पराको सुरुआत भएको पाइन्छ ।
नाथ शब्दले दिने अर्थ अनेक छन् । नाथ शब्दको व्युत्पत्तिमूलक अर्थलाई हेर्दा यो शब्दले पुलिङ्ग नामलाई सङ्केत गरेको पाइन्छ । यसलाई “नाथति ईश्वर : भक्तिति” भनिएको छ । जसमा नाथ + अच् भएर नाथ शब्द व्युतपत्ति भएको हुन्छ । यसले स्वामी, मालिक, पति, खसम, संरक्षक, प्रभु, प्रमुख, ईश्वर, भगवान्, खानदानदेखि मान्दै आएका गुरु र गुरुजन, ऐश्वर्यशाली पुरुष, मायाजेता, कामजेता, सिद्ध, रक्षक, अधिपति हुँदै शिव तत्त्वलाई वोध गराउंदछ । नाथ शब्दले सम्माननीय व्यक्तिको परिचय एवं क्षमतावान् व्यक्तिको उच्चताको झलकलाई पनि बुझाउँदछ ।
नाथमा आएको (ना) ले आदि रूप र (थ) ले भुवनत्रयमा स्थापित हुनुलाई संयोग गरेर नाथ शब्द प्रयोग हुँदै आएको छ । शक्ति सङ्ग्राम यन्त्रमा नाथमा आएको (ना) ले नाद ब्रह्म र (थ) ले अज्ञानतालाई विनष्ट गर्नेले ब्रह्ममा साक्षात्कारको माध्यमबाट अज्ञानतालाई हटाई ज्ञान प्राप्त गर्दछ भन्ने अर्थ वोध गराउँदछ ।

नाथ परम्परामा एउटा मात्र शक्तिलाई केन्द्र विन्दु बनाएको पाईदैन । सर्वप्रथम नाथमा आदि नाथका रूपमा भगवान् शिवलाई मानिन्छ, किनकि भगवान् शिवनै परमतत्व, शक्ति एवं योगका आदि स्रष्टा र प्रणेताका रूपमा मानिन्छ । उनै आदि शक्ति शिवबाट योगको तत्त्व एवं गुह्य रहस्यलाई विस्तार गर्ने क्रममा गुरु शिष्य परम्पराको थालनी भएको ठानिन्छ यसै सन्दर्भमा नाथ परम्पराको विकास भएको मानिन्छ ।

(२) नव नाथ :
नेपालमा नव नाथलाई विशेष महत्त्व दिएको पाइन्छ । ती नव नाथहरू निम्न अनुसार रहेका छन् :
(१) आदिनाथ (मूलनाथ ) : भगवान् शिव
(२) उदयनाथ : माता पार्वती
(३) सत्यनाथ : श्री बह्मा
(४) सन्तोषनाथ : श्री विष्णु
(५) अचल अचम्मनाथ : वायु
(६) गजवेली गजकन्थनाथ : श्री गणेश
(७) चौरागीनाथ : चन्द्रमा
(८) मत्स्येन्द्र नाथ
(९) गोरखनाथ

(मत्स्येन्द्र नाथ र गोरखनाथलाई नाथ परम्परामा शक्ति र सिद्ध दुवै रूपमा लिएको पाइन्छ ।)
नवनाथ परम्परामा योगीलाई नाथका रूपमा लिईन्छ । यिनीहरूको सांस्कृतिक पक्षमा शरीरमा भष्मलेप गर्ने, खराउ लगाउने, कानलाई चिर्ने (कन्फटा) विभिन्न शक्ति स्वरूपका कुण्डल धारण गर्ने, त्रिशूल, डमरु आदि लिने सर्पको माला र रुद्राक्षको माला धारण गर्ने, जटाधारी हुने आदि रूपमा नाथ परम्परा रहँदै आएको पाइन्छ । नाथ परम्परामा गुरुबाट विशेष पूजाका साथमा सवार मन्त्र धारण गरेपछि मात्र शिष्य बनाइन्छ ।

(३) चौरासी सिद्ध :
सिद्ध भन्नाले महान् विचारक, साधु, योगी, अलौकिक शक्ति भएको, पूर्ण, पूर्णता भएको, भौतिक तथा आध्यात्मिक शास्त्रमा सर्वोत्कृष्ट डिग्री प्राप्त गरेको, भूत र भविष्यको बारेमा जानकारी दिन सक्ने र योगमा पूर्ण भएको वुद्धिमानी व्यक्तित्वलाई जनाउँदछ ।

कपिलनाथसनकनाथलंकनाथसनातननाथ
विचारनाथमिथारीनाथरत्ननाथश्रृंगेरीनाथ
सनन्दननाथनिवृत्तिनाथसनतकुमारनाथजलन्धरनाथ
सरस्वतीनाथब्रह्मीनाथप्रभुदेवनाथकनकीनाथ
धुन्धुकारनाथनारददेवनाथमञ्जुनाथमानसीनाथ
बीरनाथहरितेनाथनागार्जुननाथभुस्काईनाथ
मदरनाथगाहिनीनाथभुचरनाथहम्वनाथ
बक्रनाथचर्पटनाथविलेश्याँनाथक्निपानाथ
विर्वुकनाथज्ञानेश्वरनाथतारानाथसुरानन्दनाथ
सिद्धबुधनाथभागीनाथपिपलनाथचन्द्रनाथ
भद्रनाथएकनाथमणिकनाथतिन्तिनीनाथ
बाबा मस्तनाथयज्ञवलक्यनाथदयानाथगेहल्लारावलनाथ
कणनाथहवाइनाथदरियानाथखेचरनाथ
घोडाचोलियानाथसंजीनाथसुकदेवनाथऔघरनाथ
देवनाथप्रकाशनाथकोर्टनाथवालकनाथ
बाल्गुँदैनाथशबरनाथविरुपाक्षनाथमल्लिकानाथ
गोपालनाथलघाईनाथअलालमनाथसिद्धपदनाथ
अडबंगनाथगौरवनाथधीरनाथसोहिरोवानाथ
प्रोद्धनाथगरिवनाथकालनाथधरमनाथ
मेरुनाथसिद्धासननाथसुरतनाथमारकण्डेयनाथ
मीननाथकाक्चण्डीनाथगेहेल्ले अरावनाथकायानाथ

 सत्यनाथी पन्थका नाथ तथा बाह्र पन्थी नाथ योगी संघ नेपालका आजीवन सदस्य हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस