राजिनामा दिएर मन्त्री बन्न गरेको आग्रहपछि उपसभामुख तुम्बाहाम्फेद्वारा राष्ट्रपतिसँग भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजिनामा दिएर मन्त्री बन्न गरेको आग्रहपछि उपसभामुख तुम्बाहाम्फेद्वारा राष्ट्रपतिसँग भेट


४ मंसिर २०७६, बुधबार


काठमाण्डौँ । मन्त्रिपरिषद्को पुनर्गठनको तयारी भईरहँदा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न गरेको आग्रहपछि तम्बाहाम्फेले राष्ट्रपतिसँग भेट गरेकी हुन् ।

तर राजीनामा दिने/नदिनेबारे उनले निर्णय दिईसकेकी छैनन् । बलात्कार काण्डमा मुछिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै खाली रहेको सभामुखमा नेकपाकै व्यक्ति ल्याउने तयारी भईरहँदा उनलाई राजीनामा दिन लगाएर मन्त्री बनाउने र नेकपाले अरु कसैलाई सभामुख बनाउने भनिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेलाई भेटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस