आलमलाई नख्खु कारागार ल्याइयो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आलमलाई नख्खु कारागार ल्याइयो


३० कार्तिक २०७६, शनिबार


काठमाडौं । अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेश लगत्तै उनलाई शुक्रबार जेल चलानका लागि कारागार पठाईको हो । उनलाई शनिबार बिहान ४ः३० बजे ललितपुरस्थित नख्खु कारागार ल्याइपुर्‍याएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जिल्ला अदालतले आलमलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० अनुसार कारागार पठाउन आदेश दिएको हो। अदालतले जाहेरवाला, पीडित र साक्षीको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको छ।

आलमलाई ३२ वर्ष कैद सजायको माग दावीसहित कात्तिक १९ गते जिल्ला अदालत गौरमा मुद्दा दर्ता भएको थियो । त्यसमा २० वर्ष कर्तव्य ज्यान मुद्दामा, १० वर्ष ज्यानमार्ने उद्योगमा र दुई वर्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा कैद सजायको माग दाबी गरिएको थियो ।

आलम विरुद्द यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कर्तव्य ज्यान मुद्दा दिएका थिए।

यस्तै, सर्लाही गडैता–२ का सफी अहमद र भारत सीतामणिका गौरीशंकर राम चमारले बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध जाहेरी दिएका थिए। आलमविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस