पाेखराकाे बेगनासमा यात्रुबस दुर्घटना, ३० घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाेखराकाे बेगनासमा यात्रुबस दुर्घटना, ३० घाइते


१७ आश्विन २०७६, शुक्रबार


बस दुर्घटना

पोखरा । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस