गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


२१ बैशाख २०७६, शनिबार


मेरो गाउँमा सिंह आयो दरबार आएन
दुखी गरिबको नयाँ घर संसार आएन।

मलाई मेरो छोरा घरी(घरी प्रश्न गर्दै थियो ,
वा यो देशमा गरिखाने कुनै रोजगार आएन ।

ढुङ्गालाई भगवान् बनाएर मन्दिरमा राखे पछि,
त्यो मन्दिर भित्र पूजा गर्न शिल्पकार आएन ।

आज बुढी आमाले आत्म हत्या गरेको खबर छ,
किनकि आमालाई भेट्न छोरा बारम्बार आएन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश
वीरेद्रनगर सुर्खेत ।

प्रतिक्रिया दिनुहोस