वायुसेवा निगमको प्रवक्ताबाट हटाइए पाइलट विजय लामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वायुसेवा निगमको प्रवक्ताबाट हटाइए पाइलट विजय लामा


१६ बैशाख २०७६, सोमबार


काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त निगमले उनलाई पदमुक्त गरेको हो ।

वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् ।

उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस