विश्वभर शिक्षा सप्ताह मनाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वभर शिक्षा सप्ताह मनाइँदै


११ बैशाख २०७६, बुधबार


काठमाडौं । आजदेखि विश्वभर शिक्षा सप्ताह मनाइँदै छ । ‘‘मेरो शिक्षा ः मेरो अधिकार’’ भन्ने मूल नाराका साथ बुधबारबाट शिक्षा सप्ताह मनाइँदै छ ।

शिक्षा सप्ताह मनाउने क्रममा नेपालमा शिक्षामा गरिएको लगानीलाई बढाउनुपर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्न तत्काल नियमावली तयार गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग पूरा गराउन पैरवी गरिने सरोकारवालाले जनाएका छन् ।

शिक्षा क्षेत्रमा कार्यरत झण्डै साढे तीन सय संस्था आवद्ध शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मङ्गलबार पत्रकार सम्मेलनमार्फत दबाबका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।

सामुदायिक विद्यालयमा प्रतिविद्यार्थी वार्षिक तीन हजार ६०२ रुपियाँ सरकारी लगानी रहेको  छ । जब की निजी विद्यालयमा प्रति विद्यार्थी १७ हजार ३३६ रुपियाँ अभिभावकको लागानी रहेको छ ।

जबसम्म सरकारी स्तरबाट शिक्षामा लगानी वृद्धि हुँदैन तबसम्म आर्थिक समृद्धि हासिल हुन सक्दैन ।

Tags :
प्रतिक्रिया दिनुहोस