महिला भलिबल : आर्मी र प्रदेश ५ विजयी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महिला भलिबल : आर्मी र प्रदेश ५ विजयी


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ त्रिभुवन आर्मी क्लब र प्रदेश नं ५ विजयी भएका छन् ।

आज बाँकेको खजुरास्थित शुक्र भलिबल रङ्गशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं २ लाई २५–२, २५–५ र २५–७ अङ्कले पराजित गरेको हो । भलिबल प्रशिक्षक सलिना श्रेष्ठका अनुसार दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश १ लाई २५–१५, २५–१८ र २५–२१ अङ्कले हरायो ।

यस्तै पुरुष भलिबलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश २ लाई २५–१७, २५–१९ र २५–७ अङ्कले हरायो । अर्को खेलमा प्रदेश ५ विजयी भएको छ । प्रदेश ५ ले प्रतिद्वन्द्वी टोलीलाई २८–२६, २५–१४ र २५–२२ अङ्कले पराजित गरेको हो ।

महिला फुटबल प्रदेश २ र प्रदेश ३ विजयी

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा प्रदेश २ विजयी भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुर मैदानमा प्रदेश २ ले प्रदेश ५ लाई ३–१ गोलले पराजित गरेको छ । अर्को खेलमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गरेको जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस