निर्मला हत्या प्रकरण : कर्फ्यू हट्यो, जनजीवन सामान्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : कर्फ्यू हट्यो, जनजीवन सामान्य


८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा लगाइएको कर्फ्यू हटेको छ । आज बिहान ५ बजेदेखि कर्फ्यू हटेसँगै जनजीवन सामान्य रहेको  छ ।

निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार बेलुका ५ बजेदेखि १२ घण्टाका लागि कर्फ्यू लगाएको थियो ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले उग्र रुप लिएपछि विरोध प्रदर्शनका कारण भीमदत्तनगर बिहीबार दिनभर अशान्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस