प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल « प्रशासन
prasaLogo
१५ श्रावण २०७८, शुक्रबार
   

प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल


१ जेष्ठ २०७५, मंगलबार


हेटौँडा । प्रदेश नं ३  प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५/७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गरेका छन् ।

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरीसदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।

आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिए ।

प्रदेश प्रमुख कोइरालाले प्रमाणित गरेको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक रस्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बसेको दोस्रो प्रदेशसभाको बैठकले भक्तपुर–१(क) बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारका क्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस