लालबाबु पण्डित र बाबुसाहेव अख्तियारको फन्दामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लालबाबु पण्डित र बाबुसाहेव अख्तियारको फन्दामा


५ बैशाख २०७५, बुधबार


काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा घुस रकमसहित दुई कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।

नेपाल विद्युत प्राधिकरण महोत्तरी शाखामा कार्यरत कर्मचारी लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

उनीहरुले थ्रि फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिएका थिए । सेवाग्राहीको उजुरीपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस