भारतीय दुताबासको सम्पर्क कार्यालयमा बम बिस्फोट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय दुताबासको सम्पर्क कार्यालयमा बम बिस्फोट


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७५, मंगलबार


बिराटनगर । विराटनगरस्थित भारतीय राजदुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी गएराती बम बिस्फोट गराइएको छ ।

बम बिस्फोटबाट विराटनगर १३ स्थित दुतावासको कार्यालयको पर्खालमा सामान्य क्षती भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालयको पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षती भएको बताएका छन् ।

बम राख्नेको पहिचान भएको छैन । घटनास्थल र सम्पर्क कार्यालयको वरिपरि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने बम कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस