गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


८ पुस २०७४, शनिबार


सुक्दै थियो पिना यता, चिन्ता गर्थ्यो कागले
उता भने चाहुरिन्थ्यो मरिच आफ्नै रागले ।

सकिएन बुझ्न कहिल्यै, अहँ जत्तिगरे नि
साँढेसंग किन बिन्ती गर्छ कुन्नि सागले !

बनभित्र ढल्यो गैंडा, बिक्री भयो थुतुनु
खै के दियो किन्नेलाई कुन्नि मुर्दा खागले ।

कनसुत्लोले फणा फिँजाई धम्की दिँदोछ यहाँ
शिर झुकाई हिँड्न लागे अचेल सच्चा नागले ।

नपाउन्जेल ट्याउँट्याउँ गर्दै मुमुर्रिन्छन् विद्वान
कस्तो काइदा ! पाएपछि मुख टाल्छ ‘भाग’ले ।

देश हेरी भेष बदल् भन्छ कोही ‘ग्वालटारे’लाई
लाज भन्नु हुन्न अचेल कालोमोसो दागले ।

प्रतिक्रिया दिनुहोस