घाम हुनु छ अब पानी हुनु छ ।
र ती आँखाहरुको नानी हुनु छ ।
घरी–घरी सुनाई रहेछ यो समय,
ए ! चट्टान होईन खानी हुनु छ ।
यदि सफरमा नौनी मन पर्छ भने,
जिन्दगी केवल मदानी हुनु छ ।
अध्यारा छन् मुस्कान दिने आली,
रात हटाई अब बिहानी हुनु छ ।
ऊ अचेल यसरी नजर लगाउछे,
अब छिट्टै उस्कै निसानी हुनु छ ।