मेरा झण्डा रङ्ग्याउने रातो दिन सक्दिन म
ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म
रगत र पसिनाले लेखिएको इतिहासको
जतन गर्न नसक्नेलाई पातो दिन सक्दिन म
भाव एउटै नराखेर विखण्डन रुचाउनेलाई
छाती दिन सक्छु टेक्न बाटो दिन सक्दिन म
जसको जोत उसको पोत हुनैपर्छ संसारमा
हात बाँधी बस्नेलाई आँटो दिन सक्दिन म
अति मिठो निकै चोखो विश्व बन्धुत्वको
भक्षकलाई आफन्तको नातो दिन सक्दिन म