Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेसले जिल्ला र स्थानीय तहमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने


प्रशासन संवाददाता

२२ चैत्र २०७३, मंगलबार


काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि ७४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्ने तयारी थालेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचारप्रसार समन्वय उपसमितिको मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले छिट्टै जिल्ला र स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा पार्टीका जिल्ला सभापतिको संयोजनमा जिल्लास्तरीय समिति र उक्त समितिले स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको उपसमिति संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए ।

समितिका केन्द्रीयस्तरदेखि स्थानीय तहसम्मका सबै समितिमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अनिवार्य उपस्थिति रहनेछ ।

स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसार गर्ने सम्पूर्ण जिम्मेवारी पाएको ‘प्रचार–प्रसार समन्वय उपसमिति’ मा हाल संयोजक मन्त्री लेखक र सहसंयोजक पार्टीका केन्द्रीय सदस्य एवम् स्वास्थ्य मन्त्री गगनकुमार थापा छन् । बैठकले एक÷दुई दिनमा उपसमितिलाई विस्तार गरी पूर्णता दिने जनाएको छ ।

बैठकमा लोकतन्त्रवादी वरिष्ठ पत्रकारहरु, नेपाल प्रेस युनियनका वर्तमान एवम् पूर्वपदाधिकारी, विभिन्न सञ्चारमाध्यम र सञ्चारसम्बन्धी संस्थाका प्रतिनिधिले सञ्चारमाध्यमलाई सहज र द्रुत गतिमा सूचना उपलब्ध गराउने बारेमा सुझाव दिएका थिए ।

काँग्रेस कार्यालयमा मिडिया सेन्टर स्थापना गरिँदै ‘प्रचारप्रसार समन्वय उपसमिति’ले निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि, सूचना र जानकारी सञ्चारमाध्यमलाई सहज र दु्रत रुपमा उपलब्ध गराउन सुविधा सम्पन्न केन्द्रीय मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

मिडिया सेन्टरमा दिनहुँ जिल्लास्तरदेखि केन्द्रसम्मका श्रव्यदृश्य र प्रेस विज्ञप्ति अत्याधुनिक प्रविधिबाट द्रुत गतिमा सञ्चारमाध्यमलाई उपलब्ध गराइने मन्त्री थापाले जानकारी दिए।

पार्टीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । काँग्रेसले निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि पार्टीका शीर्ष नेताको सहभागितामा आगामी साताभर सातै प्रदेशमा आमसभा गर्दैछ । रासस

प्रतिक्रिया दिनुहोस