४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

अ+ अ-

चीन(एजेन्सी) । विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिए पनि सन् २०५० सम्ममा भने यसमा केही कमी आई एक अर्ब ४० करोड पुग्नेछ ।

यद्यपि यस शताब्दीको अन्त्यसम्ममा भने चिनियाँ जनसङ्ख्या मा एक अर्ब १० करोडमा झर्नेछ । आयोगद्वारा चीनको जनसङ्ख्यासम्बन्धी यस रिपोर्टलाई विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको थियो ।

चीनको जनसङ्ख्याका विषयमा व्यक्त गरिएका चासोलाई खण्डन गर्दे आयोगका उपप्रमुख वाङ पेइयानले भने, चीनमा जनसङ्ख्याको आगामी केही दशक वा एक सय वर्षभित्रसम्म कमी हुने छैन । चीनमा बुढापाकाको जनसङ्ख्या धेरै भएको र नयाँ पुस्ताले कम वा बच्चा जन्माउने वा बच्चा नै नजन्माउने भन्ने खबरहरू बाहिर आइरहेका बेला चीनद्वारा यो तथ्याङ्कलाई सार्वजनिक गरेको हो ।

वाङलाई उद्धृत गर्दै राज्य सञ्चालित पत्रिका ग्लोबल टाइम्स दैनिकले चीनमा काम गर्ने उमेर समूह अर्थात् १५ वर्षदेखि ६४ वर्षका नागरिकको जनसङ्ख्या एक अर्बभन्दा माथि रहेको र यो चीनको वर्तमान जनसङ्ख्याको ७३ प्रतिशत रहेको जनाइएको छ ।

उनले सन् २०२० सम्म काम गर्ने उमेर समूहको जनसङ्ख्या ९८ करोड ५० लाख हुनेछ भने सन्। २०५० मा यो जनसङ्ख्यामा केही कमीआई ८० करोड हुने बताए ।

हाम्रो देशको काम गर्ने उमेर समूहको जनसङ्ख्याभन्दा अमेरिका र युरोपको सक्रिय नागरिकको जनसङ्ख्या धेरै कमी छ, वाङको दाबी छ । चीनमा अहिले एक अर्बभन्दा बढी सो उमेर समूह ९१५–६४ वर्ष० का मानिसको जनसङ्ख्या रहेको र युरोप र अमेरिकाको सो उमेर समूहको जनसङ्ख्याभन्दा बढी छ । अर्थात् युरोप र अमेरिकाजस्ता विकसित राष्ट्रमा जम्मा सात करोड ३० लाख सक्रिय जनसङ्ख्या रहेको छ, वाङले भने । उनीहरूको उत्पादकत्व दर भने धेरै बढी छ ।

काम गर्ने जनसङ्ख्यामा आएको कमीसँगै देखिनसक्ने कामदारको समस्यालाई चीनमा प्रविधिको प्रयोगद्वारा सम्बोधन गर्ने योजना तथा कार्यक्रम भएको चीनले बताएको छ ।

वाङले चीनमा दुई बच्चा जन्माउनसक्ने नीति लिएसँगै चीनमा सन् २०१६ मा एक करोड ८० लाख ४६ हजार नयाँ शिशुले जन्म लिएका थिए । यो सङ्ख्या सन् २००० पछिको सबैभन्दा बढी जन्मदर हो ।

प्रतिक्रिया दिनुहोस