Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेप्सेमा ‘अड लट’ कारोबार हुने


प्रशासन संवाददाता

२२ माघ २०७३, शनिबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ ।
नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम(अड लट) धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गर्ने भएको हो ।
यसअघि नियमित कारोबार समय (आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म) ‘अल अर नन’(एओएन) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने सङ्ख्याका धितोपत्र कारोबार हुँदै आएको थियो ।

यसरी अन्य किसिमका मागमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा माग खारेज हुने समस्या थियो ।

नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।

साताको नेप्सेमा ७६ अङ्कको वृद्धि

केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७६ अङ्कले बढेको देखिएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ ।

यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार बराबरका ५९ लाख पाँच हजार पाँच सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६४ प्रतिशत कम हो ।

गत साता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अङ्कले बढेर ३०० दशमलव ३५ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम १४ करोड ५५ लाख ९० हजारको आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (आठ लाख ३१ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ३१४) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ११ लाख, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ लाख ५० हजार, सिन्धु विकास बैक लिमिटेडको १२ लाख र प्राइम कमर्सीयल बैंक लिमिटेडको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।

त्यसैगरी तिनाउ विकास बैंक लिमिटेड र सिन्धु विकास बैैंक लिमिटेडको क्रमशः ६ लाख ८२ हजार र दुई लाख तीन हजार बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरको छ । रासस

प्रतिक्रिया दिनुहोस