Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपाद्वारा करिब बीसलाखलाई सदस्यता वितरण


१४ माघ २०७३, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ ।

पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण अभियानअन्तर्गत केन्द्रीय अध्यक्षदेखि साधारण सदस्य तथा नयाँले समेत सदस्यता लिएका छन् ।

पार्टीको आगामी फागुन ६ देखि ९ सम्म हुने महाधिवेशनका लागि देशभरका अधिकांश वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न गरिएको छ भने बाँकी रहेका महानगर तथा केही नगरको अधिवेशन यही माघ १५ गतेसम्म सम्पन्न गर्ने योजना छ ।

पार्टीले बूढानिलकण्ठ नगरपालिकामा विहिबार अधिवेशन सम्पन्न गरेको छ । पार्टीका सहायक महामन्त्री जयकुमार खड्काले सो अधिवेशनको शुभारम्भ गर्दै देश र जनताका पक्षमा कार्य गर्ने बलियो राष्ट्रवादी शक्ति अहिले मुलुकमा खाँचो रहेकाले राप्रपा र राप्रपा नेपालको एकीकरण भएको बताए ।

केन्द्रीय सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि वडादेखि नै सन्तुलित ढङ्गले नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा रहेको निर्देशन समितिको बैठक शुक्रबार बस्नेछ ।

केन्द्रीय सदस्य नानुमैया आचार्यका अनुसार सो समितिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, केन्द्रीय अध्यक्ष कमल थापा, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालगायत १० सदस्य छन् । बैठकमा महाधिवेशन तथा देशका समसामयिक विषयमा छलफल हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस