Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

युवा युग


९ पुस २०७३, शनिबार


“युवाले अब त्यस्तो काम गर्नुपर्छ जसबाट सबै उत्प्रेरित हुन् । र, सामाजिक तथा आर्थिक विकासको परिवर्तन सम्भव होस्”, यो कुनै महान व्यक्तिको भनाई होइन । यो एक साधारण “जो समाजको लागि केहि गर्छु, परिवर्तन सम्भव छ” भन्ने सकरात्मक सोचका साथ नेतृत्वको सहज तर कठिन बाटो बनाउन खोज्दै गरेकी Impact Talk उद्गोषकको मर्मस्पर्शी भनाई हो । जसको आवाज सुनेर कार्यक्रम अवधिभर म चकित भइरहे ।

०००००

बन्दकै दिन यो कार्यक्रम भएकोले म ‘बन्द’बाट शुरूवात गर्न चाहान्छु ।

केहि वर्षयता केहि युवा समुहले अनुकरणिय एउटा अभियान गरेका छन् । त्यो हो बन्द विरूद्दको अभियान— नेपाल सँधै खुल्ला छ

पछिल्लो समय राजनीतिक कू-संस्कार विरूद्ध युवाहरूले गरेको अत्यन्तै सह्राननीय काम हो यो ।

जुनसुकै राजनीतिक पार्टीले बन्द, हड्ताल जस्ता हिंसात्मक कामहरू नेपाली जनता र राष्ट्रको निम्ति गरेको भन्दै आएतापनि यस्ता कार्यहरु राजनीतिक संगठले अस्तित्वको लडाइका निम्ती गरेको पाइन्छ । बन्द गर्नु अगाडी राजनीतिक संगठनले के बुझ्न जरूरी छ भने— कुनै राजनीतिक दलीय माग ठुलो हुन्छ कि राष्ट्रभित्र रहेका जनताको सहज जीवन निर्वाह? क्षणिक बन्दले कुनै एक राजनीतिक दलको माग सम्बोधन हुन राउण्ड टेबलसम्मको यात्रा त गराउला तर बन्दबाट भएको राष्ट्रिय तथा वैयक्तिक क्षति कहाँ सम्बोधन हुँदै आएको छ? क्षतिको पुर्ती कसले बेहोर्दै आएको छ? के कुनै एक साधारण नेपाली, एक उद्यमी र राष्ट्रको अर्थतन्त्रले बन्दबाट कुनै क्षति बेहोर्नु परेको छैन?

पक्कै छ ।

त्यसैले यसका अनेकौँ परिणाम, जोखिम र समस्याहरूको चाङ्गलाई जरैदेखि निर्मुल पार्न बन्द जस्ता कार्यहरू बिरुद्धको अभियान पछिल्लो दिनमा युवाहरूले गरेको सबैभन्दा उत्कृष्ट काम भन्दा अतिशयोक्ति नहोला ।
स-साना अभियान देखिने तर आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने असाधारण Impact  यहि नै हो । ती— युवाहरू जसले यो अभियान शुरूवात गरे, ती सबैलाई सलाम छ ।

०००००

हो, यी-यस्तै Impact का कथाहरू हुन— Impact Talk । जहाँ ५ वक्ताका कथा सुन्ने धेरैले मौका पाए ।

तीनले कसरी ‘एक्सेप्सनल वर्क’ समाजका लागि गरे र धेरैभन्दा धेरैलाई प्रेरित गराए ।

के संसारमा कुनै त्यस्तो सजिलो काम होला जहाँ मानिसहरू सजिलै सफलताको सगरमाथा टेक्न सकुन् ।

शायदै नहोला । त्यसैले मनिष झा को लागि पनि कुनै काम सजिलो थिएन, बस् उनी आफ्नो ‘प्यास ड्रिभन’ मा तल्लिन भइरहे र कामप्रति कर्मशील भएर इन्जोए गरिरहे । भनाई जस्तै— काम गर फलको आश नगर ।

उनी ‘म’ हुनु को परिभाषा यसरी दिदै थिए— मैले आफु हुनु र मैले गर्न सक्ने बीचमा जिन्दगीलाई जीवन्तता दिने यत्न गरे । मैले सम्पत्ति होइन, मलामी कमाए ।

त्यसो त के गरे उनले? प्रश्न त्यस्तो होइन उनको कथा सुन्दै जाँदा— उनले के चै गरेरनन्?

पछिल्लो समय उनले गरेको सह्राननीय काम हो— फ्याक्ट नेटवर्क नेपाल । के गर्छ यसले— तथ्यमा आधारित सुचना सु-सुचित गर्छ जुन नेपाल जस्तो देशमा अत्यनतै चुनौतिपूर्ण काम हो । सूचनाको हक सबैलाई थाहाछ— तर, सम्बन्धित निकायहरूबाट सत्यतथ्य सूचनाहरू पाउन कति मुश्किल छ, सर्वविदित कुरा हो ।

अर्का वक्ता प्रदिप घिमिरे चर्कोस्वरमा डिबेटको महत्व र समाज परिवर्तनमा ‘थिङ्क ट्याङ्क’ को स्तरबाट सामाजिक परिवर्तनको सम्भावनाका बारेमा स्व:बहस (एक्लै) गर्दै थिए । उनी सदनदेखि जनताको रोदनसम्मको अवस्था देशमा निम्तिनुमा ‘विवेकशील तर्क’ नहुनुमा जोड दिदै थिए । सम्भवतः उनको डिवेटको सार यहि थियो ।

प्रगती गर्न मान्छेसँग कति तर्क हुनु पर्ला? एकपटक सोच्नुस त !

प्रभावकारी संचारको लागि बोल्ने वानिको विकास कति हुनुपर्ला? के यो कुनै सापेक्ष प्रश्न हो । होइन— तर, हामीले तर्क र कर्मबाट समाजमा के इम्प्याक्ट पार्न सक्छौ? के गर्न सक्छौँ? के गर्दै छौँ? समाज कतातिर डोरिदै छ? मान्छेहरू किन धुर्वीकृत हुँदैछन्? विचारमा विभाजन त छँदै छ? हिंसात्मक मदभेद किन छ? राजनीति किन यस्तो मोडमा आइपुगेको छ? प्रशासनदेखि सबै निकाय किन यति भ्रष्ट छ? देशमा कानून छ तर प्रणाली किन छैन?

आफैसँग तर्क गर्नुस् र विवेकशिल उत्तर आफ्नै मष्तिष्कलाई सुझाउनुस् । गलत र सहि छुट्याउनुस र सहज मार्ग हिड्नुस् । बस्— भोलिदेखि तपाईको दिन सुखद हुनेछ । कर्म फलदायी हुनेछ । परिणाम सन्तुष्टियुक्त हुनेछ । यहि सत्यतथ्य कुरा स्वस्फुर्ति स्टेजमा कथा जसरी राख्नुहोस् विना अवरोध— डिबेट अर्थात तर्कको परिभाषा यहि नै हुनेछ ।

त्यसैगरी अनिताको कथा न भिन्न छ । उनी सामाजिक अभियन्ता हुन् । जसले बालबालिकाको पठनपाठन र शैक्षिक तथा सामाजिक जनचेतना अभिवृद्धिमा गरेको कर्म अतुलनीय छ । सुशान्त झा’ले कथा सुनाउदै गर्दा भनेका थिए— राष्ट्रको लागि केहि गर्छु भन्नेहरूको पखेटा काटिनु हुन्न । ऊ निस्फिक्री उड्न पाउनुपर्छ । ता कि समाजले खोजेको ओखती यीनै हुन् जो अरूका लागि जुनकिरी झैँ टिलपिले बत्ति बोकेर उडिरहेका छन्— यतैकतै ।

हो, हामी सबैसँग आ-आफ्नै कथा छ । कर्म छ । सोच छ । योजना छ । प्यासन छ । केहि गरौँ भन्ने भावना छ । यो युग पनि त युवाहरूकै युग हो । त्यसैले नेतृत्व पनि स्वःघोषित छ— साच्चै केहि गर्छु र समाजमा केहि परिवर्तन लेराउछु र धेरै भन्दा धेरैलाई सकरात्मक काममा प्रेरित गर्छु भन्नेहरूका लागि ।

सन् १९६४ मा नेता लाल बहादुर सास्त्रीले इन्दिरालाई अब आप मुल्क को सम्हाल लिजिए (नाउ यु टेक ओभर दि रेसपोन्सिबिलिटि अफ दि कन्ट्री) भनिए झैँ अब सबै युवाहरूले— नाउ यु अल टेक ओभर दि रेसपोन्सिबिलिटि अफ आवर कन्ट्री इन योरसेल्फ एण्ड योर वे । के यसरी सबैले आ-आफ्नो तर्फबाट सकरात्मक काम गर्दैजाँदा देश नबन्ला? अवश्य एकदिन बन्नेछ— जसरी ५ कथाहरूमा देश बन्दै गरेको सपनाहरू बुनिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस