चन्दननाथ मन्दिरको प्राग ऐतिहासिक महत्व के छ ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चन्दननाथ मन्दिरको प्राग ऐतिहासिक महत्व के छ ?


प्रशासन विशेष ब्युरो

१२ मंसिर २०७३, आइतबार


जुम्ला । जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ । खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो ।

१२ औं सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रुपमा पनि जुम्ला जिल्ला चिनिन्छ । यहाँ जुम्लाको रैका मल्ल राजाको एक शक्तिशाली राज्य मुकाम थियो । जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो । यिनै ताम्रपत्रमा रैका र राईका आदेश लेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो । यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो । यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन् ।

परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न र टोक्न दुईवटा अजिंगर(नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ ।

जुम्लाका तिला, हिमा नदी, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन् । प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये प्रमुुख हो, श्री चन्दननाथ मन्दिर ।

प्रतिक्रिया दिनुहोस