जनताको घरदैलोमै पुुगेर सेवाप्रवाह गर्नु मेरो प्राथमिकता हो « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

जनताको घरदैलोमै पुुगेर सेवाप्रवाह गर्नु मेरो प्राथमिकता हो


२६ कार्तिक २०७३, शुक्रबार


सुदूर पश्चिाञ्चल विकास क्षेत्रको अञ्चल सदरमुकाम समेत रहेको धनगढी सुदूर पश्चिमको प्रमुख व्यापारिक केन्द्रबिन्दु पनि मानिन्छ । भारतसंग सिमा जोडिएका कारण पनि निकै चहलपहल हुने यही जिल्लाका कतिपय गाबिसहरुले अहिलेसम्म प्रमुख जिल्ला अधिकारी (सिडियो)को मुख देख्न पाएका छैनन् भन्दा आश्चर्य मान्नु पर्दैन । केही महिना अघि मात्रै सिडियोको जिम्मेवारी सम्हालेका गोविन्द रिजाल सुगरखाल गाबिसमा पुग्दा ठूलै समाचार बनेको कुराले पनि यो कुराको पुष्टि गर्दछ । पञ्चायतकालमा एक पटक जिल्ला विकास समितिको सभापति आएको र त्यसपछि ठूलो मान्छे कोही नआएको कुरा स्थानीय बुढापाकाले प्रमुख जिल्ला अधिकारी रिजाललाई सुनाइरहँदा एक जना होनहार प्रशासक र जिल्लाकै प्रशासन प्रमुखको मानसपटलमा यस विषयले कस्तो प्रभाव पा¥यो भन्ने सन्दर्भमा प्रशासन डटकमका विशेष प्रतिनिधी सिद्धराज उपाध्यायले गरेको कुराकानीको सम्पादित अंशः

 

cdo_kailali_
पहिलो पटक गाउमा सिडियो पुगे भन्ने खुब चर्चा छ यतिबेला के हो वास्तविकता ? के सिडीओ साप’को घरदैलो सेवा सुरु भाको हो ?
जिल्लामा जनतालाई सेवाप्रवाह गर्ने क्षेत्र कृषि, स्वास्थ्य, महिला वालवालिका, विशेष गरेर जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, निर्वाचन कार्यालयले दिने मतदाता परिचय पत्र जस्ता सेवाहरु दुर्गम वस्तीहरुमा हामी आफै पुगेर त्यहीबाट उपलब्ध गराउनु पर्छ । त्यसो भयो भने सेवाग्राहीको समय पनि बच्छ, श्र्रम पनि बच्छ, खर्च पनि कम हुन्छ भन्ने किसिमले म कैलालीमा आएपछि यसको शुरुवात गरिरहेको छु ।


कैलालीका ६ वटा पहाडी गाविसहरुमध्ये सहजपुर र निगाली गाविसमा हामी आफैं पुगिसकेका छौं । यस पटक सुगरखाल गयौं । यसपछि मोहन्याल, पण्डौन र खैरलातिर पुगेर जनतालाई घरदैलोमा सेवा दिन शुरु गर्दैछौं ।

कैलालीका ६ वटा पहाडी गाविसहरु मध्ये सहजपुर र निगाली गाविसमा हामी आफैं पुगिसकेका छौं । यस पटक सुगरखाल गयौं । यसपछि मोहन्याल, पण्डौन र खैरलातिर पुुगेर जनतालाई घरदैलोमा सेवा दिन शुरु गर्दैछौं । यसपछि पनि अलि बढी थारु वस्ती पनि भएको ठाउँमा पनि शुरु गर्ने सोच बनाएको छु । यसैलाई मैले अभियानकै रुपमा अघि बढाईरहेको छु ।

सरकारी काम कहिले जाला घाम भन्ने आम कर्मचारी प्रवृत्तिका वीचबाट तपाईमा, त्यसमा पनि सुदूर पश्चिममा यो सोच कसरी आयो ?
नागरिकहरु सबै सदरमुकामसम्म अथवा सेवा केन्द्रसम्म आउन सक्ने अवस्थामा पनि छैनन् । कतिपय नागरिकहरुलाई आपूmले पाउनु पर्ने सेवाको बारेमा चेतना पनि कम छ । कतिपय अवस्थामा प्रशासकहरु गाउँवस्तीमा जाँदाखेरी नागरिकहरुका गुनासा नसुन्ने गरेको अवस्था पनि छ ।

नागरिकहरुसंग घुलमिल पनि होस् कतिपय अवस्थामा स्थानीयस्तरमै सेवा प्रदान पनि गर्न सकियोस् सेवाग्राहीहरुको समय, श्र्रम र पैसा पनि बचत होस् र नागरिकहरुका गुनासाहरु छन् भने प्रत्यक्ष रुपमा भेटेर उनीहरुकै मुखबाट सुनेर त्यसलाई पहिचान गरेर समाधानका लागि पहल गर्न सकियोस् भनेर यो अभियानको शुरुवात गरेको हुँ । यो मेरो जनतालाई सकेसम्म सुविधा प्रदान गर्ने मिसन पनि हो ।

सुदूर पश्चिमको राजधानी नै भन्दा पनि हुन्छ धनगढीलाई । प्रमुख व्यापारिक केन्द्रबिन्दु रहेको जिल्लाकै कतिपय गाविसहरुमा अहिलेसम्म सिडियो नै नपुगेको अवस्था जुन छ, अन्य पहाडी जिल्लाको अवस्थाबारे अनुमान लगाउन मुस्किल पर्दैन ? तपाई पहिलो पटक सुगरखाल पुग्दा त अचम्मै माने होलान् है स्थानीयले ?
त्याहाँका पुराना प्रधानपञ्चहरु, नागरिक समाजका अगुवाहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु धेरै मान्छेहरुसंग हामीले सोधेका थियौं उहाँहरुले पञ्चायत कालमा जिल्ला विकास समितिको एक जना सभापति आउनु भएको थियो, त्यसपछि कुनै पनि माथिल्लो तहको प्रशासकहरु आउनु भएको छैन भन्ने कुरा बताउनु भयो । हामी आफै प्रत्यक्ष उपस्थित भएर सेवा प्रवाह गर्दा अत्यन्तै खुसि भएको देखेँ ।

देशमा आएको यत्रो परिवर्तनसंगै जनतामैत्री सेवाको नारा घन्काइरहँदा सिडियो भेट्न पनि कैयौं दशक बिताउनु पर्ने अवस्थालाई के भन्नुहुन्छ ?
यसका कारण अनेक छन्  । बिकट भूगोल छ । कर्मचारीहरु पनि अलि सुविधाभोगी पनि भए होलान् । दुर्गम ठाउँहरुमा राज्यको जिम्मेवार पदाधिकारीहरु पुग्न नसकेका कारण पनि यस्तो अवस्था आएको जस्तो लाग्छ मलाई । व्यक्तिगत आनिवानीका कुराहरु पनि यसमा जोडिन्छन् । जस्तो सदरमुकाम केन्द्रित भएर काम गर्ने, आफ्नो जिम्मेवारीको काम पुरा गर्ने, अलिकति रचनात्मक र नागरिकमैत्री कामहरुलाई ख्याल नगर्ने खालको प्रवृत्तिले पनि होला । तर मलाई चाहिं जनताका घरदैलोमा गएर सेवा दिनमै आनन्द लाग्छ ।

ती बिकट भूूगोलका कठिन वस्तीहरुमा पुग्दा त्याहाँका जनताको के के कुरा भने तपाईसंग ?
नागरिकहरुको गुनासो त स्वभाविक रुपमा भइहाल्छ । अपेक्षाका कुराहरु पनि हुन्छन् । सबै गुनासा र अपेक्षाहरु तत्काल समाधान गर्ने अवस्था पनि रहँदैन । हामीसंग भएको जे जति श्र्रोत साधन र जनशक्ति भित्रबाट उहाँहरुका गुनासाहरु, अपेक्षाहरु समाधान गर्न पहल गर्ने हो ।

एउटा कुरा के छ भने नागरिकहरुको हामीप्रतिको सकरात्मक दृष्टिकोण र अपेक्षा छ । त्यसले हामीलाई अझै गाउँ वस्तीमा जानलाई उर्जा दिइरहेको छ र भोलीका दिनहरुमा यो कार्यक्रमलाई अझै निरन्तरता दिने सोच बनाएको छु मैले ।

सबैभन्दा ठूलो गुनासो के रहेछ त ?
सडक, विद्युत लगायतका पूर्वाधारका कुराहरुमा बढी माग थियो । र, जिल्ला सदरमुकामसम्म सडक संजाल जोड्नको लागि अलि अलि काम त भइ रहेको देखियो । त्यसदेखि वाहेक सेवा प्रवाहका विषयमा सम्बन्धित क्षेत्रका अधिकारीहरुको उपस्थिति हामी कहाँ कम भयो, आँखा पुग्न सकेन भन्ने खालको गुनासो उहाँहरुको थियो । खानेपानी, सिँचाइका कुराहरु पनि उठेका छन् । जिल्लास्थित सम्बन्धित कार्यालयहरुसंग छलफल गरेर हामीले जिल्लास्तरमा के कति गर्न सक्छौं पहल गर्छौ भनेका छौं । अन्य सानातिना गुनासाहरु पनि गर्नुभएको छ जसलाई जिल्लास्तरमै पनि समाधान गर्न सकिन्छ । ती गुनासाहरु समाधानका लागि पहल गर्ने मैले प्रतिवद्धता जनाएर आएको छु । कति हदसम्म सकिन्छ त्यो पुरा गर्छु ।

जिल्लाका दुरदराजका बिकट बस्तीहरुसम्म पुग्नुभयो । जनगुनासा बाटोमै बिर्सेर आउनु भयो कि जिल्लामा पनि केही पु¥याउनु भएको छ ? तपाइले दिएको आश्वासन कहिलेसम्म खैरलाका जनताले पुरा भएको महसुस गर्न पाउलान् ?
हिजो राती १० बजेतिर मात्रै फर्केको हो । आज जिल्लाकै केही महत्वपूर्ण काममा ब्यस्त हुनुपरेको कारण तत्काल थप केही गर्न पाइएको छैन । उहाँहरुका सबै गुनासाहरु मैले टिपोट गरेर लिएर आएको छु । हरेक महिना नियमित रुपमा हुने जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा ती विषयहरु उठान गर्नेछु । विषयगत कार्यालयका प्रमुखहलाई पनि छुट्टै बोलाएर पनि उहाँहरुले गर्न सकिने केही कुराहरु छ भने पहल गर्नुहोस् भन्ने निर्देशन दिने सोच छ ।

सुगम जिल्लाका दुर्गम क्षेत्रका जनताले देखेको पहिलो भाग्यमानी सिडियो हुनु भएको छ, अन्तमा केही भन्नु छ ?
नागरिकहरुको राज्यप्रति अपेक्षा र विश्वास पनि छ । त्यसलाई पूरा गर्न हामीले पहल गर्नुुपर्छ । जनविश्वासलाई बढोत्तरी गराउन पनि यस्तो अभियान संचालन गर्नुु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस