शेयर बजार ७ अंकले ओरालो लाग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शेयर बजार ७ अंकले ओरालो लाग्यो


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ ।

लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका एघार उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ ।

होटल ९ दशमलव ५ र उत्पादन उपसमूह शून्य दशमलव २४ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ८ दशमलव ३, व्यापार ४ दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बीमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त छ दशमलव ७४ र जीवन बीमा १९ दशमलव शून्य आठ विन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशत, हिमालयन ड्रिस्टीलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक शेयर तीन दशमलव१८ प्रतिशतले कमाएका छन् ।

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सिङ नौ दशमलव शून्य नौ, घलेम्दी हाइड्रो पावर छ दशमलव ६६, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ५ दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्था ५ दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंक पाँच दशमलव ३३, अरुण काबेली पावरका शेयरधनीले चार दशमलव ५१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस