के तपाई कपालमा चाँया आएर हैरान त हुनुहुन्न ? हुनुहुन्छ भने यस्ता छन् कपालका चायाँ हटाउने उपायहरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

के तपाई कपालमा चाँया आएर हैरान त हुनुहुन्न ? हुनुहुन्छ भने यस्ता छन् कपालका चायाँ हटाउने उपायहरु


प्रशासन संवाददाता

१७ पुस २०७५, मंगलबार


एजेन्सी । धेरै जसो व्यक्तिहरु चायाँको समस्याबाट पीडित हुने गर्दछन्। चायाँका कारण कपाल चिलाउने गर्दछ। धेरै चिलाउनाले घाउ समेत बन्ने गर्दछ। साथै कपालको जरा समेत कमजोर हुने गर्दछ । चायाँको समस्याबाट छुटकारा पाउन यस्ता छन् उपायहरु ?

१) चायाँको समस्याबाट छुटकारा पाउन नियमित रुपमा कपाल कोर्नुहोस्। यसो गर्नाले कपालको जराबाट तेल निस्किन सहयोग पुग्दछ। यस बाहेक कपाल कोर्दा कपालको विकास पनि हुने गर्दछ।

२) एरोवेलाको रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस्। यसो गर्दा चायाँको समस्या हट्ने गर्दछ ।

३) चायाँ छ भने राम्रो क्वालिटीको स्याम्पुको प्रयोग गर्नुहोस्। यस्तो हेयर प्रोड्क्टको प्रयोग गुर्नुहोस्, जसमा जिंग पाइरिथिय हुने गर्दछ। यो चायाँबाट छुटकारा दिनका लागि निकै राम्रो हुने गर्दछ ।

४) एक गिलास पानीमा ४ चम्चा बेसन मिसाएर पेस्ट बनाउनुहोस्। त्यसपछि यसलाई कपालमा लगाए १ घण्टापछि चिसो पानीले पखाल्नुहोस्। यसो गर्दा पनि कपालको चायाँबाट छुट्कारा पाउन सकिन्छ।

५) नरिवलको तेलमा कपुर मिलाएर राख्नुहोस्। त्यसपछि नुहाउनु भन्दा १ घण्टा पहिले यसले कपालको मालिस गर्नुहोस्। नियमित रुपमा यसो गर्दा चायाँबाट छुटकारा पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस