खानेपानी विधेयक पेश हुँदै

काठमाडौं । खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक अब बस्ने संघीय संसद्मा प्रस्तुत हुने भएको छ ।
संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक हकअन्तर्गत समावेश गरेको सन्दर्भमा राज्यका तीनवटै तहमा त्यसको प्रत्याभूतिका निम्ति उक्त विधेयक सदनमा पेश गर्ने तयारी भएको हो ।
एशियाली विकास बैङ्कको सहयोगमा देशका विभिन्न २९ शहरमा सञ्चालित साना सहरी खानेपानी तथा सरसफाइ क्षेत्र आयोजनाको समीक्षा कार्यक्रममा एकजना वरिष्ठ सरकारी अधिकारीले खानेपानी तथा ढल व्यवस्थापन र सरसफाइसम्बन्धी विधेयक अपरिहार्य भएकाले त्यो अबको अधिवेशनमा पेश गरिने बताएका हुन् ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले उक्त विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा विचाराधीन रहेको बताए ।
प्रस्तुत विधेयकले स्थानीय, प्रदेश र संघीयतास्तरमा खानेपानी तथा सरसफाइसम्बन्धी क्षेत्राधिकार तोक्न, सेवाको नियमन तथा प्रशोधन प्रणाली, मापदण्ड निर्धारणलगायत व्यवस्था गर्ने उनले जानकारी दिए ।रासस
मंसिर २० गते, २०७५ - १८ः२६ प्रकाशितप्रतिकृया लेख्नुहोस्:
-
संघीय निजामती सेवाको पदपूर्ति सम्बन्धी यस्तो छ व्यवस्था(विधेयकसहित)
प्रशासन विशेष ब्यूरो -
समायोजन भएका कर्मचारीलाई तत्काल रमाना नदिइने !
प्रशासन विशेष ब्यूरो -
कर्मचारी सरुवा अब चक्रीय प्रणालीबाट
प्रशासन विशेष ब्यूरो -
उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !
प्रशासन विशेष ब्यूरो

-
कर्मचारीमा समायोजनको सातो
रेबतिरमण ज्ञवाली -
सुखद दाम्पत्य जीवनको लागि कुण्डली मिलनको अपरिहार्यता
ज्यो. भीम प्रसाद गुरागाँई -
संघीयता असफल गराउन देखिएका सात परिदृश्यहरू
जीवन न्यौपाने -
डाबोस, इन्डस्ट्री फोर पोइन्ट जिरो र नेपाल
मिलनकुमार शर्मा -
चन्दा ऐन खारेज भएको हो र ?
केदार कोईराला
