कारबाहीमा बाह्र लडाकू मारिए र १८ पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कारबाहीमा बाह्र लडाकू मारिए र १८ पक्राउ


१९ मंसिर २०७५, बुधबार


घाज्नी, अफगानिस्तान । अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी दिएका छन्।

खोगीआनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिनुको साथै पक्राउ परेका नुरीले थप जानकारी दिए ।

साथै यस कारबाहीको क्रममा अन्य चार लडाकू घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस