१. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यक्षेत्र तलका मध्ये कुन हो ?
क. मानव श्रोत व्यवस्थापन ख. मानव श्रोत विकास ग.कर्मचारी व्यवस्थापन घ. कर्मचारी नीति निर्माण
२. नेपालको संघीयतामा अधिकारको प्रयोग कसरी हुने व्यवस्था भएको छ ?
क. स्व शासन र साझा शासन ख. सहकारिता ख. समन्वय र सह अस्तित्व घ. साझा शासन र समन्वय
३.संघीय शासन प्रणाली, सुशासन र विकास पुस्तकका लेखक को हुन ?
क. दामोदर रेग्मी ख. मधुरमण आचार्य ग. शारदा प्रसाद त्रिताल घ. भीमदेव भट्ट
४.बिजनेश अफ व्यूरोक्रेसी पुस्तकका लेखक को हुन ?
क. भीमदेव भट्ट ख. श्यामसुन्दर शर्मा ग. मधुरमण आचार्य घ. दामोदर रेग्मी
५. ४, ७, ११, १६,२२,…….खालि ठाउँमा कति अंक आउँछ?
क.३२ ख. ३१ ग. ३० घ. २९
६. विभाज्य कोष भनेको के हो ?
क. प्रदेश सरकारको कोष ख. स्थानीय तहको कोष ग. अरू तहमा राजस्व बाँडफाँड गर्नु पूर्व रकम जम्मा हुन आउने कोष घ. सञ्चित कोषबाट विभाजन भई आउने रकम जम्मा हुने कोष
७. लाइन मिनिस्ट् बजेट इन्फर्मेसन सिस्टम र ट्रेजरी सिंगल एकाउन्ट के के सँग सम्बन्धित छन् ?
क. खर्च र आम्दानी ख. विनियोजित रकम र खर्च ग.आम्दानी र खर्च घ. खर्च र विनियोजित रकम
८. पेन्डेल्टन एक्ट कुन देश सँग सम्बन्धित छ ?
क. बेलायत ख. अमेरिका ग. भारत घ. न्यूजिल्याण्ड
९. संघले प्रदेश र स्थानीय तहलाई अनुदान कसरी दिन्छ ?
क. मन्त्रिपरिषद्को निर्णयबाट ख. अर्थ मन्त्रीको निर्णयबाट ग. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसमा घ.राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग र वित्त परिषद्को सिफारिसमा
१०. बहुआयामिक गरिबी सूचक को अवधारणा कहिले देखि प्रयोगमा आएको हो ?
क. सन् २०१७ ख.सन् २०१२ ग. सन् २०१६ घ. सन् २०१०