आश्विन ७ गते, २०७५

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर

१.मदन पुरस्कार २०७४ का लागि प्रतिस्पर्धामा उत्रिन सफल ८ कृति के – के हुन् ?
— कैरन (ध्रुवसत्य परियार), नथिया ( सरस्वती प्रतीक्षा), पाठशाला (तीर्थ गुरुङ), भुइयाँ (यज्ञश), यार (नयनराज पाण्डे), योगमाया (नीलम कार्की निहारिका), लिम्बुनी गाउँ (राज माङलाक) र हिमाली दर्शन (मोहन वैद्य किरण)

२. रोजगारीका लागि धेरै नागरिक विदेशिने मुलुक कुन हो ?
— लेवनान (नेपाल दोस्रो स्थानमा रहेको)

३. नवौं ब्रिक्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
— सन् २०१७ सेप्टेम्बर ३ – ५,चीन

४. प्रसिद्ध सिद्ध गुफा कहाँ रहेको छ ?
— तनहुँ

५. राष्ट्र बैङ्कद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?
— प्रदेश नं.३
—उक्त प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा सबैभन्दा कमजोर प्रदेश नं. २ रहेको ।
—आर्थिक मापनको हिसाबले अर्को महत्वपूर्ण सूचकाङ् प्रतिव्यक्ति आयमा ७ नम्बर प्रदेश कमजोर देखिएको ।
—विद्युत उत्पादनका हिसाबले प्रदेश नं. ४ अर्थात गण्डकी प्रदेश अग्रस्थानमा रहेको ।

६. भूपरिवेष्ठित विकासशील राष्ट्रको थिङ्क ट्याङ्क सम्मेलन २०१८ कहाँ सम्पन्न भयो ?
— मङ्गोलियाको उलानबटोर

७. अन्तर्राष्ट्रिय फुटबल महासङघ (FIFA) को स्थापना कहिले भएको हो ?
— सन् १९०४ मे २१
—यसको प्रधाननकार्यालय स्वीट्जरल्याण्डको ज्युरिचमा रहेको।
—पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको ।
—फिफाको आदर्श वाक्य फर द गेम, फर द वर्लड रहेको ।
—हाल फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो रहेका ।

८. विश्वको सर्वोच्च फुटबल संस्था फिफाले विश्वकपमा खेल्ने राष्ट्र कति पुयाउने निर्णय गरको छ ।
— ४८
—हाल ३२ राष्ट्र विश्वकपमा सहभागी हुँदै आएका ।
—फिफाले सन् २०१७ जनवरी १० मा थप १६ राष्ट्रलाई स्थान दिने निर्णय गरेपश्चात विश्वकप फुटबलमा ४८ टिम हुने भएको ।
—यो निर्णय अनुसार अफ्रिका र एसियालाई बढी फाइदा पुग्ने बताइएको ।

९. ‘वास्तविक मानिस दुःखमा हास्छन् र पीडाबाट शक्ति बटुल्छन्’ भन्ने व्यक्ति को हुन् ?
— थोमस पाइन अमेरिकी दार्शनिक

१०. ‘जतिसुकै प्रयास गरेपनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिन्न’ भन्ने विचारक को हुन् ?
— गौतम बुद्ध

विषयगत प्रश्नोत्तर

१. नेपालको शिक्षा सँग सम्बन्धित देहायका शब्दहरुको अर्थ खुलाउनुहोस् ।
क.प्राथमिक शिक्षा, ख.आधारभूत शिक्षा, ग.माध्यमिक शिक्षा, घ.विशेष शिक्षा, ङ.समावेशी शिक्षा च.पूर्व प्राथमिक विद्यालय, छ. सामुदायिक विद्यालय, ज. संस्थागत विद्यालय,
नेपालको शिक्षा प्रणालीसँग सम्बन्धित उपरोक्त शब्दहरुको अर्थ देहाय अनुसार खुलाउन सकिन्छ ः
क. प्राथमिक शिक्षा
कक्षा एक देखि कक्षा ५ सम्म दिइने शिक्षा।
ख. आधारभूत शिक्षा
प्रारम्भिक बालशिक्षा देखि कक्षा आठ सम्म दिइने शिक्षा ।
ग. माध्यमिक शिक्षा
कक्षा नौ देखि कक्षा बाह्र सम्म दिइने शिक्षा ।
घ. विशेष शिक्षा
दृष्टिविहिन, बहिरा, अटिज्म, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई छुट्टै समुहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा ।
ङ. समावेशी शिक्षा
देहायका बालबालिका तथा व्यक्तिलाई दिइने शिक्षा :
१.दृष्टिविहिन, न्युन दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, अटिज्म, बौद्धिक, शारीरिक तथा अन्य अपाङ्ता भएका बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधिनमा रही दिइने शिक्षा ।
२. सामाजिक आर्थिक तथा भौगोलिक कारणले पछाडि पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिइने शिक्षा ।
च. पूर्व प्राथमिक विद्यालय
चार वर्ष उमेर पूरा गरेका बालबालिकालाई एक वर्षको पूर्व प्राथमिक शिक्षा दिने विद्यालय ।
छ. सामुदायिक विद्यालय
नेपाल सरकारबाट नियमित रुपमा अनुदान पाउने गरी अनुमति तथा स्वीकृति प्राप्त विद्यालय ।
ज. संस्थागत विद्यालय
नेपाल सरकारबाट नियमित रुपमा अनुदान नपाउने गरी अनुमति तथा स्वीकृति प्राप्त विद्यालय ।

२. नेपालको संविधानमा राष्ट्रिय दलित आयोगको गठन कसरी हुने व्यवस्था छ ?
नेपालको संविधानको धारा २५५ मा राष्ट्रिय दलित आयोगको गठन सम्बन्धी व्यवस्था छ,जसमा अध्यक्ष र अन्य चनर जना सदस्य रहने व्यवस्था छ ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय दलित आयोगका अध्यक्ष र सदस्यको नियुक्ति राष्ट्रपतिले गर्ने, आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने व्यवस्था छ । यसरी नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति नहुने तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सहिने र त्यस्तो सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने व्यवस्था छ । राष्ट्रिय दलित आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अध्ययन, अन्वेषण गरी राय, मन्तव्य, सिफरिस पेस गर्ने पदमा नियुक्त भई काम गर्न बाधा नपुयाउने व्यवस्था छ ।

३. आर्थिक वृद्धि र आर्थिक विकासबीच के फरक छ ? लेख्नुहोस् ।
आर्थिक वृद्धि र आर्थिक विकासबीचको फरकलाइृ निम्नानुसार उल्लेख गर्न सहिन्छ :
आर्थिक वृद्धि :
१. एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धि आर्थिक वृद्धि हो ।
२. आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो ।
३. यो विकासको साधन हो ।
४. यो वृद्धि मोडलमा आधारित छ ।
५.यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ ।
६. उत्पादनको वृद्धिले आयको वितरण त हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन ।
७. यसमा रोजगारी सिर्जना भए पनि पूर्ण रोजगारीको ग्यारेन्टी हुदैन ।
८. आर्थिक वृद्धि उच्च हुँदैमा गरिबी न्यूनीकरण नहुन सक्छ ।
९. यो समृद्ध तर्फको यात्रा हो । राष्ट्रको विकसित अवस्थाको शुरुवात हो ।
आर्थिक विकास :
१. अर्थतन्त्रको समग्र सबै पक्षको विकास आर्थिक विकास हो । आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ ।
२. यो राष्ट्रको मूलभूत लक्ष्य हो ।
३. यो विकासको साध्य हो ।
४. यो विकासको मोडेलमा आधारित छ । वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् ।
५. यसले राष्ट्रको समग्र सबै पक्षलाई समेटेको हुन्छ । यसमा राष्ट्रको सबै क्षेत्रको विकास भएको हुन्छ ।
६. यसमा आयको समानुपातिक वितरण हुन्छ ।
७. उत्पादन, विकास तथा वितरणको अवस्थाले गर्दा यसमा रोजगारी सृजनाको ग्यारेन्टी हुन्छ ।
८. आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदा गरिबी न्यूनीकरण हुन्छ ।
९. यो समृद्धिको आस्था हो । यो राष्ट्र विकसिति भैसकेको अवस्था हो ।


                                                                                 साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

असार २७ गते, २०७५ - १३ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg