प्रेम दिवसको औचित्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रेम दिवसको औचित्य


सन्तोष रोकाया

२ फाल्गुन २०७४, बुधबार


भनिन्छ, प्रेम नै जिवन हो । संसारका हरेक प्राणीहरुलाई एक अर्काको प्रेम तथा मायाको अबश्य नै आवश्यकता पर्छ । प्रेम यो आफैमा पुर्ण र परिपक्क छ । पश्चिमी सभ्यताबाट आयातित ‘डे’ का रुपमा प्रचलित भ्यालेन्टाईन डेलाई कतिपय द्धारा आलोचना पनि गरिएको छ । १४ फेब्रुअरी अर्थात फागुन २ गते विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ । नेपाली समाजमा पनि प्रणय दिवस वा प्रेम दिवसका रुपमा मनाउने क्रम बढिरहेको छ । भ्यालेन्टाइनलाई फर्केर हेर्दा हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा सैनिकलाई विवाह नगर्न उर्दी गरेका थिए । राजाको सोच थियो –सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन् ।

भ्यालेन्टाइन पादरी थिए । उनले राजाको आज्ञा उलंघन गर्दै धेरैको विवाह गराए, फलस्वरुप राजाले उनलाई फाँसी दिए । १४ फेब्रुअरीका दिन भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । आफू फाँसीमा चढेकै दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस ‘सेन्ट भ्यालेन्टाइन डे’ का रुपमा विख्यात भयो । प्रेम कुनै धर्म, जातजाति या भौगोलिक अवस्थामा भर नपर्ने हुनाले पनि योे विश्वभर फैलिएको हो । युवा–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन भनेर लिने गरेको छ ।

नेपालमा भने कहिलेदेखि प्रणय दिवस मनाउन थालियो ? थाहा छैन । कसैको संगठित प्रयासबाट शुरुवात नभएकाले आधिकारिक रुपमा भन्न सकिने कुरा पनि भएन । तर शुरुमा पश्चिमा सँस्कृतिको प्रभावका रुपमा यसले प्रवेश पाएको निश्चित साथ भन्न सकिन्छ । पञ्चायातको अन्तपछि नेपाली समाज खुलापनमा प्रवेश ग¥यो । पत्रपत्रिका प्रकाशित हुन थाले । पत्रिकाले १४ फ्रेबुअरीका दिन प्रणय दिवसको चर्चा लेख्न थाल्यो । यसबाट नेपाली समाजमा यसले व्यापक स्थान पाएको हो ।

हुनत प्रेम गर्नेहरुको लागि कुनै विशेष दिनको आवश्यक पनि पर्दैन । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । तर आम मानसपटलमा बसेको संस्कारलाई कस्ले पो टार्न सक्छ र ? प्रायः जसो व्यक्तिहरु,प्रेमी जोडीहरु आफुलाई एक किसिमको मजबुत र बलियो जोडि स्थापित तथा सावित गर्नको लागि यो दिनलाई विशेषका रुपमा लिने गरेको पाईएको छ । प्रेम दिवसको दिनमा मात्र आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राखेमा प्रेम मजबुत र दिर्घकालिन हुन्छ भन्ने कदापी हुन सक्दैन । यो त एक प्रक्रिया,पद्धती,अनुभुती तथा मनाउने पाटो मात्र हो । प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्दछ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे ! यो दिनले धेरै मनहरुबीचको पर्खाल भत्काउँछ । सिमा रेखाहरु मेटाउँछ र दुईमुटुहरुलाई एकाकार गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ । यस दिवसको प्रभावले नेपाली युवायुवतीलाई पनि धेरै छोइसकेको छ । प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, भ्यालेन्टाइन चकलेट, कार्ड आदान प्रदान गरेर तथा प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिने गरिन्छ ।

दिवसको सान्दर्भिकता

प्रेम दिने भाव हो लिने भाव होइन । प्रेम विशाल अनुभूति हो, विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जिउन मद्दत गर्दछ । प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन । न त प्रेम गर्ने कुरा नै हो । पछिल्लो समय नेपालमा पनि प्रेम अर्थात प्रणय दिवसलाई विशेष महत्वका साथ लिने र मनाउने पनि गरीन्छ । प्रेम दिवस अर्थात आजको दिनमा अन्य दिनमा संकोच मान्ने केटा–केटीहरु यो दिनमा खुला हृदयबाट आफ्ना मनका भावहरु प्रस्तुत गर्ने गर्दछन् । प्रेम गर्नु नराम्रो तथा नकारात्म होईन । नेपाली बजारमा पनि अहिले आयातित गुलाबका फूलले फूल पसलहरू भरिएका छन् । युवा जोडी भ्यालेन्टाइन डे कसरी मनाउने भनेर कार्यक्रम तय गर्दैछन् । प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो होइन, तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने ? आफ्नी प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्त्वपूर्ण पक्ष हुन आउँछ । प्रेम गर्नु राम्रो पक्ष हो । तर पछिल्लो समयमा प्रेमको नाऊँमा कतिपय प्रेमीजोडीहरु देखावटी प्रेमको संज्ञा दिएर स्वार्थ पुर्ती गरिरहेका देखिन्छन् र दिन कटाउने होडवाजीमा हुन्छन् । प्रेम गर्नु पवित्र कार्य हो तर कतिपय प्रेमहरु केहि दिन नजिकिने र छिट्टै टाढिने प्रवृति देख्नमा र सुन्नमा पनि आउँछन् । कतिपय प्रेमीजोडीहरु मायामा धोका पाए भनेर आत्महत्या गरेको घटनाहरु पनि सर्ववितित छन् । प्रेमकै कारणले मानिसको जन्म हुन्छ । मानिस भएर जन्म लिएपछि गाँस, वास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ । त्यसपछि उसको कर्म, असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमा पनि चाहन्छ मानिस यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ । तर कुसंस्कार र कुकार्यलाई आत्मसाथ नगरी प्रेम जस्तो पवित्र कार्यलाई मनन् गरी सबैले एक अर्का विच समन्धसेतु तथा भाईचाराको भाव कायम गरी प्रेम गर्न आवश्यक छ ।

फूलका प्रतिकहरु

भ्यालेन्टाइन डेमा प्रेमी–प्रेमिकाबीच सबैभन्दा धेरै रातो रंगको गुलाफको फूल आदान–प्रदान हुन्छ । यो दिन गुलाफको फूलको व्यापार धेरै हुने गर्दछ । रातो गुलाफलाई शान्ति, प्रेम र क्षमताको प्रतिक मानिन्छ । यसलाई प्रेम–प्रस्तावका रुपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो । प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छ । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरुले आपसमा प्रेम प्रकट गर्ने दिन प्रेम दिवस हो । आफुले मन पराएको केटा वा केटीलाई गुलाफको फूल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । भ्यालेन्टाइन डेको अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरुलाई बुझ्नु पर्ने हुन्छ ।

रातो गुलाफ : यसलाई शान्ति, प्रेम र क्षमताको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले दिएको रातो गुलाव स्वीकार गर्नु उसको प्रेम प्रस्तावलाई स्वीकार गर्नु हो । यो रङ्ग प्राय जसो धेरैलाई मन पर्ने फूल पनि हो ।

गुलाफी गुलाफ : यसलाई मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले गुलाफी रङको गुलाफ दिनुको अर्थ, अब मेरो मुटुको ढड्कन तिम्रै लागि भन्नु हो । यो रङ्गको फूललाई पनि कतिपय प्रेमी प्रेमिकाहरु आफ्नो मायाको प्राय सच्चा प्रतिक ठानेर आदानप्रदान गर्ने गर्दछन् ।

सेतो गुलाफ : यसलाई साँचो माया र स्वच्च हृदयको प्रतीक मानिन्छ । कसैप्रति स्वच्च हृदयले साँचो प्रेम गरिएको भए भ्यालेन्टाइन डे मा सेतो गुलाफ दिनु पर्दछ । भावुक वातावरणको प्रतीक पनि सेतो गुलाफलाई मानिन्छ । यसलाई शुद्धको प्रतिकका रुपमा पनि लिने गरिन्छ ।

पहेँलो गुलाफ : यसलाई मित्रताको प्रतीक मानिन्छ । खास गरी फ्रेण्डसिप डे मा यसको प्रयोग हुन्छ । तर कसैले भ्यालेन्टाइन डे का दिन पहेँलो गुलाफ दिएमा मित्रताको प्रस्तावका रुपमा बुझ्नु पर्दछ । प्रेम दिवसमा खास गरी यो रङ्गको प्रयोग कमै गरिन्छ ।

कालो वा गढा रङको गुलाफ : यसलाई विदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणबस प्रेम सम्बन्धलाई निरञ्तरता दिन नसक्ने अवस्था भएमा भ्यालेन्टाइन डेका दिन कालो गुलाफद्धारा सम्बन्ध टुङ्ग्याउन सकिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डेमा कसैले यस्तो गुलाफ साट्न नपरोस् ।

प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी बनाइरहेको हुन्छ । समय, अवस्था र परिस्थितिमा पनि भर पर्दछ । सबैको प्रेम सफल हुन्छ भन्ने छैन । प्रेम समझदारी, समर्पण, इमानदारिता, विश्वास र पवित्रताको प्रतीक हो । यी कुराहरु भएनन् भने अर्थ्हिन हुन्छ । भ्यालेन्टाइन डे पक्कै आयातित सँस्कृति हो । तर यसको सन्देश गलत छैन । अहिले विश्व एउटा गाउँमा परिणत भइरहेको बेला यो सबै जाति, वर्ग, लिङ्ग, सभ्यता र धर्मको साझा दिवस भएको छ । यसलाई स्वीकार नगर्ने सचेत वर्ग कमै होलान् । यसको सकारात्मक पक्षलाई लिउँ । भद्दा नक्कल नगरौं ।

प्रेमीप्रेमिकाबीचको प्रेम होस् या पतिपत्नीबीचको प्रेम, बाआमा र छोराछोरीबीचको प्रेम, साथीभाइ, इस्ट्र मित्र बीचको प्रेम होस् या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस् । सम्बन्ध छ र प्रेम छ, यो कारणवश गरिएको जस्तो प्रेम नै हामीले बुझेको हुनुपर्छ । त्यसैले त सम्बन्ध रहँदासम्म प्रेमको अनुभूति छ, रमाइलो र खुसी छ । यो वर्षको भ्यालेन्टाइन डे सबैको शुभ रहोस । ह्याप्पी भ्यालेन्टाइनस डे २०१८ ।

Tags :
प्रतिक्रिया दिनुहोस