चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत ‘झुम्की’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत ‘झुम्की’ सार्वजनिक (भिडियोसहित)


प्रशासन संवाददाता

२१ कार्तिक २०७५, बुधबार


काठमाडौं । यही मंसिर २८ गते सार्वजनिक हुन लागेको चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत ‘झुम्की’ सार्वजनिक गरिएको छ ।

रिलिज गीतमा प्रियंका कार्की फिचर्ड छिन् । प्रियंकासँगै सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि भिडियोमा रहेका छन् भने  सो गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ ।

 मीना निरौला र राजन इशानले स्वर दिएका छन् भने कविराज गहतराजले निर्देशन गरेका छन् । दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम विश्वस्त रहेको छ । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको छ ।

हेर्नुस् भिडियोसहित:

Tags :
प्रतिक्रिया दिनुहोस