संस्कृति संंरक्षणमा सञ्चारकर्मी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संस्कृति संंरक्षणमा सञ्चारकर्मी


प्रशासन संवाददाता

२० कार्तिक २०७५, मंगलबार


बैतडी । आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला जिल्लाका सञ्चारकर्मी त्यसको संरक्षणमा जुटेका छन् ।

जिल्लाको रेडियो निङ्गलाशैनी एफएम र सामुदायिक रेडियो सेभेनस्टारका सञ्चारकर्मी संस्कृति संंरक्षणमा जुटेका हुन् । यसअघि ती रेडियोमा कार्यरत सञ्चारकर्मीले संस्कृति संरक्षणका लागि समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तिहारमा उनीहरुले देउसीभैलो कार्यक्रम सञ्चालन गरेका छन् ।

स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थी बताउछन् । उनले भने, “स्थानीयस्तरमा कला संस्कृतिको संरक्षणका लागि गाउँघरमै गएर देउसीभैलो खेलिरहेका छौँ ।”

सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लामा पुगेर स्थानीय संस्कृतिको जगेर्नाका लागि देउसीभैलोको आयोजना गरिएको छ । युवापुस्तालाई संस्कृति संरक्षणतर्फ आकर्षित गर्न देउसीभैलोको आयोजना गरिएको रेडियो सेभेनस्टारका अध्यक्ष अमर भट्टराईले बताए । रेडियो निङ्गलाशैनीले विगत वर्षमा समेत देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएको थियो ।

स्थानीयसँगको सामिप्यता बढाउन रेडियोले गाउँमुखी कार्यक्रम सञ्चालन गर्दै आएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक अवस्थीले बताए । “देउसीभैलो कार्यक्रमले स्रोतासँगको सम्बन्धलाई थप मजबुत बनाउँछ,” उनले भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस