काठमाडौं । सर्लाहीमा भएको झडपमा गोली चलाउनेमाथि कारबाही नगरेसम्म मृतकको शव नउठाउने कांग्रेस सांसद अमरश कुमार सिंहले बताएका छन् ।
सर्लाहीको रामनगर – ४ मा नेकपा र कांग्रेस कार्यकताबीच झडप हुँदा स्थानीय रामविलास महतोको मृत्यु भएको थियो ।
सांसद सिंहले मृतकलाई शहीद घोषणा गरी पीडित परिवारलाई राहत दिनुपर्ने माग राखेका छन् ।