मोदीको नेपाल भ्रमणमा आफ्नै कार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मोदीको नेपाल भ्रमणमा आफ्नै कार


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


काठमाडौं । चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन्।

भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन्। उनी विशेष प्रकारको कार प्रयोग गर्छन्।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ ।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए।

२०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए । कतारले अनुदानमा दिएको कारवाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् ।

पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ। तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन्। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस