काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका-११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साभबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।