काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताएका हुन् ।
‘मन्त्रालयबाट निस्किँदा खेरि एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकि म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ’ उनले भने ।
पूर्वमन्त्री किराँतीले मन्त्रीको रूपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुभवी मन्त्रीहरूको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रिपरिषदमा समावेश हुन नसकेको उनको बुझाइ छ ।