भोलि आठ स्थानीय तहले दिए बिदा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भोलि आठ स्थानीय तहले दिए बिदा


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । तनहुँका आठ स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। ४२ औँ मगर स्थापना दिवस मनाउन सार्वजनिक बिदा दिइएको हो।

शुक्लागण्डकी, भीमाद र भानु नगरपालिकासँगै म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर, देवघाट गाउँपालिकाले भने मगर स्थापना दिवसको अवसरमा बिदा दिएका हुन्।

स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दै स्थानीय बिदा दिएका छन्। स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी संघसंस्था र सबै विद्यालयमा बिदा हुनेछ।

२ स्थानीय तहले भने सार्वजनिक बिदा दिएका छैनन्। व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले बिदा नदिएका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस