काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राती कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।