मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत साबित गछौँ : प्रधानमन्त्री « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत साबित गछौँ : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत साबित गर्नुपर्ने बताएका छन्।

सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने लक्ष्यसहित २८ दिनको कार्यतालिका बनाएर काम भइरहेको बताएका हुन्।

‘मेलम्चीको पानी काठमाडौँवासीले उपयोग गर्ने सपना अधुरो रहेको हामी सबैले बुझेका छौँ, मैले मेलम्चीको समस्याको बारे सबैसँग छलफल पनि गरेँ। मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत साबित गर्नुछ। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजना लिएर अहिले हामी काम गरिरहेका छौँ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस