डलर तस्करीका आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डलर तस्करीका आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै


४ पुस २०७४, मंगलबार


सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट ९क्याप्टेन० सुवर्ण आवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ। फौजदारी अभियोग लागेका क्याप्टेन आवालेलाई राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्पटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर पठाउन अनुमति दिएको छ ।

फौजदारी अभियोग लागेका क्याप्टेन आवालेलाई राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्पटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन्।

‘ती चारवटै निकायले ‘मिलेमतो’ गरी क्याप्टेन अवालेलाई तालिममा पठाउने निर्णय गरेका छन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘अवाले आगामी शुक्रबार राति साढे ११ बजे निगमकै जहाजबाट सिंगापुर जाँदैछन् । उनले त्यहाँ एकसाता बिताउने छन् ।’

स्रोतका अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जोडबलमा अवालेलाई तालिममा पठाउन अनुमति दिइएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस