एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रूपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले मंसिर २५ देखि लागु हुने गरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रूपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ ।

यो सेवा प्रयोग गर्नका लागि १९८-१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी० मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८-१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रूपमा यो सेवा प्रयोग गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस