काठमाडौँ । नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मध्यपहाडी-पुष्पलाल लोकमार्गकेन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यो अभियान तीन साता चल्नेछ। एमालेले यो अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ। अभियानको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।
अभियान तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। केन्द्रीय समिति बैठक काठमाडौंमा बस्नेछ।