मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो ।
त्यस अवसरमा प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम् भूमिका रहेको बताउँदै साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताएका छन् ।