निजामती सेवा विधेयकमाथि छलफल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निजामती सेवा विधेयकमाथि छलफल


९ श्रावण २०८०, मंगलबार


मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ।

मङ्गलवार बसेको प्रदेश सभाको २०औँ बैठकमा विधेयकमाथि छलफल भएको हो। प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेको ‘छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित भएपछि सांसदहरुले छलफलमा भाग लिएका हुन् ।

त्यस क्रममा प्रदेशले निजामती ऐन ल्याउनु सकारात्मक भएको सांसदहरुले बताएका थिए। विधेयकका विषयमा कर्मचारीहरू आन्दोलित बनेकाले यो विषयमा ध्यान दिनुपर्ने सांसदहरूको भनाइ थियो ।

प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस