एमाले अध्यक्ष ओली स्वदेश फिर्ता « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केका छन् ।

गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्।

सोमबार राती स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायतका पार्टीका शीर्ष नेताहरुले स्वागत गरेका थिए ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गर्न विशेष अतिथिको रूपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए ।

एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेव टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस