डुबेर दुई बालिकाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

डुबेर दुई बालिकाको मृत्यु


५ श्रावण २०८०, शुक्रबार


ढल

दैलेख । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा चामुण्डा-३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी आठ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस