कोशी सरकार विवाद : सर्वोच्चमा सुनुवाइ सकियो, आजै आदेश आउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोशी सरकार विवाद : सर्वोच्चमा सुनुवाइ सकियो, आजै आदेश आउने


२७ असार २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ। 

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। 

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा रिट दायर भएको थियो। रिटमाथिको आदेश आजै आउने भण्डारीले बताए। 

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली काँग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस