असारे विकासलाई अन्त्य गर्न माग « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

असारे विकासलाई अन्त्य गर्न माग


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।

उनले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गरे। असारे विकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस