काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित कर्मचारीको नवीन सोच प्रस्तुति अन्तर्गत प्रतिभा डबलीमा छानिएका १० मध्ये ३ जना उत्कृष्ट प्रतिभा छानिएका छन् ।
उत्कृष्ट १० जनाले दिएको अन्तिम प्रस्तुतिका आधारमा उत्कृष्ट ३ छानिएका हुन् ।
जसअनुसार स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा थ्रिडी मोडलको प्रस्ताव गर्ने मोहराज पौडेल प्रथम, डिजिटल प्रविधिबाट स्थान पत्ता लगाउने इनोभोसन प्रस्ताव गर्ने रामदत्त भट्ट द्वितीय र सरकारी सेवा ट्रयाकिङ प्रणालीमा इनोभोसन गर्न प्रस्ताव गर्ने रविचन्द्र पौडेल तृतीय बनेका छन् ।